भाषा, संस्कृति हराए समाज कमजोर र विखण्डित हुन्छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हराउँदै गएको भन्दै चिन्ता जनाएका छन् ।
सोमबार देउडा समाज केन्द्रीय कार्यालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भाषा हराउँदै जानु चिन्ताको विषय भएको बताए । उनले भाषा र संस्कृति हराए समाज कमजोर र विखण्डित हुने बताए ।
सभापति देउवाले भने, ‘जुन समाजको भाषा लुप्त हुन्छ हराउँछ, त्यो समाज कमजोर हुन्छ । समाज विखण्डित हुन्छ भन्ने भनाइ छ ।’
उनले भने, ‘हामीले आफ्नै भाषा बोल्न छाडेका छौं । हामी सबै नेपाली बोल्न थालेका छौं । अझ कतिले त आफ्ना छोराछोरीसँग नेपालीमा पनि होेइन, अंग्रेजीमा बोल्ने गरेका छन् ।’
सभापति देउवाले संसारभर भाषा बचाउने अभियान र संघर्ष चलिरहेको बताए । उनले आफ्नो भाषा बचाउन लाग्नु पर्ने बताए । ‘आफ्नो भाषा बचाउन संसारभर लडिरहेका छन्, हामीले पनि सुदूरपश्चिमको भाषालाई बचाउनुपर्छ’, देउवाले भने, ‘भाषा बचाउन सबैले योगदान गर्नुपर्नेछ ।’
भाषासँगै सुदूरपश्चिमको संस्कृति जोगाउन पनि सबै लाग्नु पर्ने उनले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया