पूर्व पत्नीलाई वैवाहिक बलत्कारको अभियोग लागेका गिरीले न्याय पाए
काठमाडौं । उच्च अदालत पाटनले न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सफाइ दिएको छ ।
आइतबार न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले गिरीलाई सफाइ दिएको हो ।
वैवाहितक बलत्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले २०८१ जेठमा दोषी ठहर गरेको थियो । काठमाडौं जिल्ला अदालतले गिरीलाई सात वर्ष कैद, तीन लाख जरिवानाको सजाय सुनाएको थियो ।
काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध गिरीले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पनि सजाय कम भएको भन्दै रिट निवेदन दिएको थियो ।
पुनरावेदन रिटमाथि आइतबार भएको सुनुवाइपछि जिल्लाको आदेश उल्टी गर्दै गिरीलाई सफाइ दिएको छ ।
सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीलाई सहमतिविना शारीरिक सम्बन्ध राखेको भन्दै गिरीविरुद्ध मुद्दा दायर भएको थियो ।
जिल्लाले फौजदारी अभियोगमा दोषी ठहर गरेपछि गिरीले न्यायाधीश पदसमेत गुमाइसकेका छन् ।
जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । त्यसपछि सर्वोच्च अदालतले २०८० चैत २१ गते वैवाहिक बलात्कार मुद्दामा गिरीलाई थुनामा पठाउने आदेश गरेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया