प्रधानमन्त्रीले सम्बोधन गर्दा राप्रपाका ज्ञानबहादुरले औकात देखाए, त्यसपछि ओलीले आक्रोश पाखे
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गरिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उभिएर अबरोधको प्रयास गरेका छन् ।
सोमबार बसेको संसदको बैठकमा सभामुखले समय दिएपछि प्रधानमन्त्री ओलीले सम्बोधन शुरु गरेका थिए । ओलीले तीनकुने हिंसा र त्यो हिंसाका नाइकेहरू लगायतका घटनाका विषयमा जानकारी गराइरहेका थिए । त्यही क्रममा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उभिएर अबरोधको प्रयास गरेका थिए ।
राप्रपाका सांसदहरूले उभिएर प्रधानमन्त्री ओलीलाई सम्बोधनमा अबरो गर्न खोजेपछि नेपाली कांग्रेस र एमालेका सांसदहरू पनि आ–आफ्नो सिटमा उभिएर विरोध प्रतिवाद गरेका थिए ।
राप्रपाका प्रमुख सचेतक शाहीले प्रधानमन्त्री ओलीले राप्रपाले पूर्व राजा ज्ञानेन्द्र शाहका विषयमा अभिव्यक्ति दिएको भनेर आपत्ति जनाएका थिए । प्रधानमन्त्री ओलीले पनि जंगिएर राप्रपाका सांसदहरूको हर्कतप्रति आक्रोश पोखेका थिए ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया