सभापति देउवाद्वारा विधेयकहरू र स्ववियु निर्वाचनबारे परामर्श
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र शीर्ष नेताहरूसँग नयाँ विधेयकहरूका विषयमा छलफल गरेका छन् ।
शुक्रबार बुढानिलकण्ठस्थित आफ्नै निवासमा सभापति देउवाले संसदमा पेश भएका र समितिमा छलफलका क्रममा रहेका विधेयकहरूका विषयमा छलफल गरेको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।
उनले भने, ‘निर्वाचन ऐन सम्बन्धी विधेयकलाई गृह र कानून मन्त्रालयले होमवर्क गरिराखको छ । दल सम्बन्धी विधेयकका कतिपय दफा स्थगनको अवस्थामा छन् । त्यो विधेयकलाई के गर्ने भन्ने कुरा भएको छ ।’
कांग्रेसले विधेयकलाई छिटो प्रक्रियामा लाने सन्दर्भमा पनि छलफल गरेको छ । अध्यादेशका बारेमा कांग्रेस र एमाले सम्मिलित संयन्त्रमा कुरा हुने घिमिरे बताए ।
कांग्रेसको बैठकमा स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउने विषयमा समेत छलफल भएको छ । छलफलमा नेविसंघका उम्मेदवारलाई विजयी बनाउने गरेर रणनीति बनाउन सभापति देउवाले निर्देशन दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया