प्रत्येक चाडपर्वलाई आदर गर्ने आफ्नै सद्भावयुक्त परम्परा छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शेर्पा समुदायको विशेष पर्व ग्याल्पो ल्होसारको अवसरमा शुभकामना दिएका छन् ।

शुक्रबार शुभकमाना सन्देश जारी गरेर पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो ।’

‘यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज र चाडपर्वहरू छन्’, सभापति देउवाले भने, ‘यी प्रत्येक चाडपर्वहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ ।’

‘यी चाडपर्वमध्ये नेपालका आदिवासी शेर्पा लगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार (नयाँ वर्ष) पनि एक महत्वपूर्ण पर्व हो’, सभापति देउवाले भनेका छन् ।

उनले भने, ‘ग्याल्पो ल्होसार (नयाँ वर्ष) सम्पूर्ण नेपालीहरूका निमित्त सुख, शान्ति र समुन्नतिको वर्ष बनोस्, यही मेरो हार्दिक शुभ–कामना ।’

Published : Friday, 2025 February 28, 10:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया