कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० सदस्यहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागमा सदस्यहरू मनोनयन गरिएको छ ।
सोमबार जारी विज्ञप्तिअनुसार सभापति शेरबहादुर देउवाले विभागमा सदस्यहरू मनोनयन गरेका हुन् । विभागका प्रमुख मधु आचार्यको सिफारिसमा सभापति देउवाले १० जनालाई सदस्यमा मनोयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
विभागको सदस्यहरूमा मनोनयन हुनेमा गीता सत्याल (ललितपुर), उमा थापा (बाँके), विनोद यादव (महोत्तरी), रविन राई (मोरङ), डा. हेमराज लामिछाने (चितवन) रहेका छन् ।
विभागको सदस्यमा मनोनयन हुनेमा पुरुषोत्तम नेपाल (काभ्रेपलाञ्चोक), राजु गुरूङ (गोरखा), बाबुकृष्ण सापकोटा (धादिङ), गोरखबहादुर सुनार (जुम्ला) र निर्प खड्का (कैलाली) रहेका छन् ।
Published : Tuesday, 2025 February 25, 12:17 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया