रास्वपा सांसद वाग्लेद्वारा प्रकृति लम्सालका परिवारलाई श्रद्धाञ्जलि दिएपछि कांग्रेसको विरोध
काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले प्रकृति लम्सालसहित सपरिवारप्रति श्रद्धाञ्जलि दिएको भन्दै संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।
सोमबार बसेको संसदको बैठकमा नियमापत्ति गर्दै खतिवडाले रास्वपाका सांसद वाग्लेको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् । त्यसपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको भन्दै सचिवालयका कर्मचारीहरूलाई आवश्यक कारबाही अगाडि बढाउन निर्देशन दिए ।
भारतको ओडिसास्थित केआईआईटीमा प्रकृति लम्सालको मृत्यु भएको थियो । प्रकृति लम्सालको शवलाई रुपन्देही जिल्लामा ल्याएर अन्तिम दाहासंस्कार गरिएको छ । फागनु ६ गतेको बैठकमा रास्वपाका सांसद वाग्लेले सबै परिवारप्रति श्रद्धाञ्जलि व्यक्त गरेपछि कांग्रेस सांसद खतिवडाले आपत्ति जनाएका हुन् ।
सांसद खतिवडाले भने, ‘२०८१ फागुन ६ गतेका दिन संसदमा प्रकृति लम्साल इण्डियामा भएको दुखद् दुर्घटनाप्रति हामी सबै चिन्तित भयौँ । वहाँको स्वर्गवास भयो । हामी सबैले वहाँप्रति श्रद्धाञ्जलि दियौँ । एकजना माननीय सदस्यले स–परिवारलाई श्रद्धाञ्जलि भनेर संसदमा रेकर्ड गराउनुभएको छ ।’
‘बुटवलबासी मात्रै होइन देशबासी घरपरिवारमा एउटाको छोरी परलोक भएको अवस्थामा परिवारका सबैलाई श्रद्धाञ्जलि भन्ने शब्द रेकर्डबाट हटाइयोस्’, उनले भने, ‘यो फागुन ६ गतेका दिन माननीय स्वर्णिम वाग्ले वक्ताले भन्नुभएको छ ।’
‘त्यसैले त्यो शब्द संसदबाट हटाइयोस्, रेकर्डबाट हटाइयोस् भनेर माग गर्न चाहन्छु’, कांग्रेसका सांसद खतिवडाले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया