नेविसंघका पूर्व नेताहरूको भेला, कांग्रेसलाई बलियो बनाउन सहकार्यमा जोड
काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व नेताहरूले नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउन नेताहरूका बीच एकताको जरुरी रहेको बताएका छन् ।
शुक्रबार र शनिबार दुई दिन भक्तपुरको नगरकोटमा भएको नेविसंघका पूर्व नेताहरूको भेलाले कांग्रेसले मात्रै नयाँ हुँ भनेर आएका बैकल्पिक शक्तिहरूलाई चुनौती दिन सक्ने निष्कर्ष निकालेको नेविसंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका लुम्बिनी कांग्रेसका सदस्य मोती भण्डारीले बताए ।
नेविसंघका पूर्वअध्यक्षहरू गोविन्द भट्टराई, किशोरसिंह राठौर, रञ्जित कर्ण, बाग्लुङ कांग्रेसका सभापति जीतबहादुर शेरचन लगायतका नेताहरूको उपस्थिति रहेको भेलाले ४० वर्षमुनिका युवाहरूलाई कांग्रेसको केन्द्रीय कार्यसमितिमा ल्याउन २० प्रतिशत सिट संख्या छुट्टाउनुपर्ने निष्कर्ष निकालेको नेता भण्डारीले बताए ।

भेलाको निष्कर्षबारे नेता भण्डारीले भने, ‘कांग्रेसले मात्रै नयाँ हौँ भनेर आएका बैकल्पिक शक्तिहरूलाई चुनौती दिन सक्छ । युवाहरूलाई जिम्मेवारी दिनुपर्छ । सबैको सहयोग रह्यो भनेर र नेताहरूबीच मेलमिलाप गर्न सकियो भने कांग्रेसलाई हराउन कसैले सक्दैनन् ।’
उनले भने, ‘४० वर्षमुनिका नेताहरूलाई पनि केन्द्रीय सदस्यहरू स्थान दिनुपर्छ । ३० देखि ४० सम्मका नेताहरूलाई २० प्रतिशत सिट दिनुपर्ने प्रस्ताव अगाडि सारेका छौँ ।’
नेविसंघका पूर्व नेताहरूको भेलाको संयोजन गरेका नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णले कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको जानकारी गराएका छन् । सहभागी नेताहरूको सुझावमा कर्णले महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया