ओखलढुङ्गा कांग्रेसको जिल्ला अधिवेशन कात्तिक २१ गते हुने

ओखलढुङ्गा । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत ओखलढुङ्गाको जिल्ला अधिवेशन कार्तिक २१ गते हुने भएको छ ।

सोमबार भएको १५ महाधिवेशन तयारी समितिका ओखलढुङ्गा संयोजक बालगोविन्द राजभण्डारी, केन्द्रीय प्रतिनिधि गोमा केसी र नवनिर्वाचित पालिका सभापतिहरू तथा प्रदेशसभा निर्वाचन क्षेत्रका क्षेत्रिय सभापतिहरूको भेलाले जिल्ला अधिवेशन कार्तिक २१ गते गर्ने गरि तय भएको नेता डेकराज भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार पालिका र प्रदेशसभा क्षेत्रीय अधिवेशन सकिएको र २१ गते जिल्ला अधिवेशनमार्फत केन्द्रीय महाधिवेशन प्रतिनिधिको चयन हुनेछ ।

नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरहरूले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन हुने कार्यतालिका तय गरेको छ । त्यसअघि मंसिर ४ मा प्रदेश अधिवेशन र कात्तिक १५ मा जिल्ला अधिवेशन गर्ने कार्यतालिका तोकिएको छ ।

Published : Monday, 2026 November 2, 11:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया