भ्रष्टाचारी ठहर भएका सर्लाही कांग्रेस पूर्वसभापतिसहित पूरै परिवार महाधिवेशन प्रतिनिधि, यादवहरूलाई पार्टीमा ब्लक

काठमाडौं । बदलिएको २.० कांग्रेसको अधिवेशनबाट सर्लाही जिल्लामा ९ जना परिवारभित्रै सदस्यहरू महाधिवेशन प्रतिनिधि बनेका छन् ।

गगन थापा नेतृत्वको नेपाली कांग्रेस सर्लाहीका नेताद्वय सुरेन्द्रप्रसाद सिंह र बीरेन्द्रप्रसाद सिंहले आफन्त, नातागोता र परिवारभित्रका ९ जना सदस्यहरूलाई महाधिवेशन प्रतिनिधि बनाएपछि सुधिएको २.० कांग्रेसको अवस्था छर्लङ्ग भएको छ ।

सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सर्लाही कांग्रेसका पूर्व सभापति सुरेन्द्रप्रसाद सिंहले आफ्ना भाई बीरेन्द्रप्रसाद सिंह, आफ्नी पत्नी बेबी सिंह, छोरा सुधिर सिंह, भिनाजु रविनन्दन सिंह, भिनाजु कमलेश्वर सिंह, साढु भाई धर्मेन्द्र सिंह, साली किरणकुमारी शरण र बीरेन्द्रप्रसाद सिंहको सालाको पत्नी बिभा सिंहलाई कांग्रेसको महाधिवेशन प्रतिनिधि बनाएका छन् ।

सर्लाहीमा नेपाली कांग्रेसलाई सुरेन्द्रप्रसाद सिंह र बीरेन्द्रप्रसाद सिंहले परिवारभित्रको प्राइभेट लिमिटेड कम्पनी जस्तो बनाएका छन् । ३४ जना महाधिवेशन प्रतिनिधिमा १८ जना भूमिहार जातिका छन् । सर्लाहीमा बाहुल्यता रहेको यादव जातिबाट जम्मा २ जना महाधिवेशन प्रतिनिधि छन् ।

Published : Thursday, 2026 October 1, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया