माइतीघरमा गोरखाकी युवतीले आफैलाई जलाउँदा घाइते, वीरमा उपचार हुँदै
काठमाडौं । काठमाडौंको माइतीघरमा एक युवतीले आफैलाई आगो लगाएर घाइते भएकी छिन् ।
मंगलबार साँझ करीव ६बजेतिर गोरखा घर भई हाल काठमाडौंमा बस्दै आएकी ३० वर्षीया लक्ष्मीदेवी बस्नेतले प्रज्वलनशील वस्तु खन्याएर आफैलाई आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताएका छन् ।
जेनजी आन्दोलनका शहीदको सम्झनामा दीप प्रज्वलन भइरहँदा ती युवतीले आफ्नो शरीरमा आगो लगाएको देखेपछि तत्काल निभाएर प्रहरीले उपचारका लागि वीर अस्पताल लगेको छ ।
ती युवती बोल्न नसकेकाले आगो लगाउनुको कारण खुल्न नसकेको एसपी थापाले बताएका छन् ।
Published : Tuesday, 2026 September 8, 9:09 pm
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया