सशस्त्र प्रहरीका एआईजी मगरद्वारा टिमेरको स्थलगत अवलोकन, खोजी र उद्धारको कार्यको प्रशंसा
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको बिनासपछि खोजी, उद्धार र राहतमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूको मनोवल उच्च बनाउन अतिप्रभावित टिमुरे लगायतका स्थानमा पुगेर स्थलगत अवलोकन गरेका छन् ।
शुक्रबार एआईजी मगरले रसुवा र नुवाकोटका अति प्रभावित क्षेत्रहरूको स्थलगत अवलोकन गर्नुका साथै सशस्त्र प्रहरी कर्मचारीहरूबाट विपतको समयमा भइरहेको कामको जानकारी लिएका हुन् । सशस्त्र प्रहरी कर्मचारीहरूले निकै जोखिमपूर्ण अवस्थामा रहेर काम गरेको भन्दै एआईजी मगरले प्रशंसा गरेका छन् ।
एआईजी मगरले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतका लागि सशस्त्र प्रहरी बलका ४२ सय ३ जना जनशक्ति परिचालित रहेको बताए ।
टिमुरेको स्थलगत अनुगमनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै एआईजी मगरले भने, ‘सीएसएसआर तालिम प्राप्त, डिजास्टर मेनेजमेन्टको तालिम प्राप्त, डग स्क्वाड लगायत अन्य थुप्रै स्पेसलाइज्ड युनिटहरू परिचालित छन् ।’
‘रसुवाको धुञ्चेमा समग्रमा एउटा कम्पनी मात्रै हो । डीएसपीको कमाण्डमा रहन्छ । थप मद्दतको निम्ती एसपीको नेतृत्वमा युनिट पठाएर आवश्यक्ता अनुसार जनशक्ति थप गरेका छौँ,’ एआईजी मगरले भने, ‘टिमुरेमा ईन्स्पेक्टरको नेतृत्वको बीओपी हो ।’
‘जिल्लाकै डीएसपी आएर काम गरिरहनु भएको छ । टिमुरे एरिया आईसोलेटेड भएको छ,’ एआईजी मगरले भने, ‘सबै घरहरू ध्वस्त भएको छ । हाम्रो बीओपी पनि खतरामा छ भनेर हटाउने की भन्नेछ । नेपाल प्रहरी र नेपाली सेनाहरू धञ्चेबाट हटिसकेका छन् भन्ने जानकारी आएको छ ।’
उनले भने, ‘सीमा सुरक्षा गर्नुपर्ने भएको हुने फौज, डिजास्टर खटिने फौज भएको कारणले राज्यको अन्तिम शक्ति स्थापना रहनुपर्छ भन्ने हिसाबले राखेका छौँ ।’
एआईजी मगरले टिमुरेबाट ११९ वटा शव फेला पारिएको बताएका छन् । उनले भने, ‘टिमुरेमा ११९ वटा शव फेला परेका छौँ । निकै अफ्ठ्यारो अवस्थाबाट उद्धार गरिएको छ ।’
‘नुवाकोट लगायतका अन्य जिल्लाहरूमा पनि परिचालित छन् । हामी निरन्तर खोजी र उद्धारको काम गरिरहेका छौँ,’ एआईजी मगरले भने ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया