बाढीले क्षति पुर्याएका २० झोलुङ्गे पुल छिट्टै मर्मत हुने, ३३ वटाको लागि बोलपत्र आह्वान
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति पु¥याएका २० वटा झोलुङ्गे पुलको सरकारले छिटोभन्दा छिटो मर्मत गर्न लागेको जनाएको छ ।
भदौ १० गते आएको बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्याएको छ ।
सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।
क्षति भएका झोलुङ्गे पुल मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको छ । महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको मर्मतमा प्रगति भएको छ । यी ५ वटा झोलुङ्गे पुलहरू १ महिनाभित्र मर्मत सम्पन्न गरिनेछ ।
पुनः निर्माण गर्नुपर्ने ३३ वटा झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया