प्रहरी श्रीमती संघद्वारा नुवाकोट प्रहरीमार्फत राहत सामग्री हस्तान्तरण
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले भोटेकोशी बाढी प्रभावितहरूका लागि जिल्ला प्रहरी कार्यालय, नुवाकोटमार्फत राहत सामग्री वितरण गरेको छ ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले संघले राहत सामाग्री (खाद्यान्न, आवश्यक औजार, टेन्ट, म्याट) लगायतका सामाग्रीहरू वितरण गरेको हो । सोमबार नुवाकोटमा राहत सामग्री संघकी अध्यक्ष नवीना के.सी. कार्कीले हस्तान्तरण गरेकी हुन् ।
विपद् उद्धारमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरूको स्वास्थ्यलाई मध्य नजर गर्दै जिल्ला प्रहरी कार्यालय, नुवाकोटलाई आवश्यक मेडिकल सामाग्रीहरू समेत हस्तान्तरण गरिएको संघकी अध्यक्ष कार्कीले बताएकी छिन् ।
Published : Tuesday, 2026 September 1, 11:53 am
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया