बाढीले क्षति भएको बैरेनी अस्पतालमा तरुण स्वयंसेवकहरूद्वारा सरसफाइ

बैरेनी । नेपाल तरुण दलका स्यवंसेवकहरूले धादिङको बैरेनीस्थित स्वास्थ्य संस्थामा सरसफाइका साथै व्यवस्थापनमा सहयोग गरेका छन् ।

सोमबार तरुण स्वयंसेवकहरूले बैरेनी अस्पतालमा सरसफाइ तथा व्यवस्थापनको काम गरेका तरुण नेता निशान लामा योञ्जनले बताएका छन् ।

नेपाल तरुण दलले स्वयंसेवकका रुपमा तरुणहरूलाई बाढी प्रभावित क्षेत्रमा खटाएको छ । स्वयंसेवक तरुणहरूले अस्पताल परिसरको सरसफाइ, फोहोर व्यवस्थापन तथा आवश्यक स्थानहरूको व्यवस्थित गर्ने कार्य गरिएको तरुण नेता योञ्जनले बताए ।

सफाइ कार्यक्रममा सिन्धुपाल्चोक तरुण दलका अध्यक्ष सञ्जय लामा, अध्यक्ष रूपेश कुरुङ लगायतका तरुण स्वयंसेवकहरूको सहभागिता रहेको थियो ।

विपद्को समयमा नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पु¥याउने उद्देश्यले अस्पताल तथा सार्वजनिक स्थलको सरसफाइ र व्यवस्थापन अभियानलाई निरन्तरता दिइएको तरुण नेता योञ्जनले बताएका छन् ।

मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै तरुणहरूले विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार, सरसफाइ तथा व्यवस्थापनका कार्यलाई निरन्तर अघि बढाउँदै आएका छन् ।

Published : Tuesday, 2026 September 1, 9:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया