आईजीपी कार्कीद्वारा नवनियुक्त १६ प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १६ जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।
सोमबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नवनियुक्त प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
२०८२ मंसिर २६ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८३ भदौ ६ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १६ र खुलातर्फ १३ जना गरी कुल २९ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण भएका छन् ।
गृह मन्त्रालय सचिवस्तरको २०८३ भदौ ९ गतेको निर्णयले भदौ १५ गतेदेखि लागू हुने गरी उनीहरू प्रहरी निरीक्षक पदमा नियुक्त भएका छन् । खुलातर्फका १३ जना प्रहरी निरीक्षकहरूलाई नियुक्तिपत्र समेत प्रदान गरिएको छ ।
आईजीपी कार्कीले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिनुका साथै नवप्रवेशी प्रहरी निरीक्षकहरूलाई प्रहरी संगठनमा स्वागत गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया