वनको जग्गामा निर्माणधीन अबैध भौतिक संरचनाहरू हटाउन निर्देशन
बर्दघाट । डिभिजन वन कार्यालय, नवलपरासीले वन क्षेत्रमा बन्दै गरेको भवन निर्माण कार्य रोकेर अबैध संरचना हटाउन उद्योग वाणिज्य संघ, सुनवल, नवलपरासीलाई निर्देशन दिएको छ ।
सुनवल सव डिभिजन वन कार्यालय, रमवापुरले आवश्यक कारवाहीका लागि निर्देशन दिएको छ । वन कार्यालयले स्थलगत रिपोर्टको आधारमा निक्र्यौल गरि निमार्णाधीन भवनको कार्य तुरुन्त रोक्न, हालसम्म निर्माण भएको संरचना भत्काई निर्माण सामग्रीसमेत हटाउन उद्योग बाणिज्य संघ सुनवललाई निर्देशन दिएको छ ।
सुनवल सब डिभिजन वन कार्यालयले काटेको चलानी नं.८० को भाद्र ३ गतेको पत्रानुसार पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ सोननाथ हाट बजार लगाउने स्थानमा अनधिकृत रूपमा पक्की भवन निर्माण भइरहेको भन्दै सुनवल सव–डिभिजन वन कार्यालयले निर्माण कार्य तत्काल रोक्न निर्देशन दिएको थियो ।
उद्योग बाणिज्य संघ, सुनवलले पत्र पाए पश्चात आलटाल गरि ढिलासुस्ती गरेमा बन ऐन २०७६ अनुसार कार्यवाही हुने पत्रमार्फत चेतावनी दिइएको छ ।
वनको जग्गामा उद्योग वाणिज्य संघ सुनवलले पक्की भवन बनाउन अबैध संरचना बनाउन थालेको थियो । स्थानीयले विरोध गरेपछि वन कार्यालयले अबैध संरचना भत्काउन निर्देशन दिएको छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया