चाँगुनारायणमा ओखर खेल्ने ६ जना पक्राउ, बुटवलबाट ९ जना गिरफ्तार

काठमाडौं । भक्तपुर र रुपन्देहीबाट प्रहरीले जुवा तास खेल्न समूहका १५ जनालाई नगदसहित गिरफ्तार गरेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित पात्ले जंगलमा जुवा (ओखर) खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ कलंकी बस्ने ३२ वर्षीय विजय खत्री समेत ६ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

जिल्ला प्रहरी परिसर, भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३४ हजार ५ सय रूपियाँ र १७ थान ओखरसहित पक्राउ गरेको गरेको छ ।

उता, रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ गोलपार्कबाट जुवातास खेलिरहेको अवस्थामा देवदह नगरपालिका–५ बस्ने ३४ वर्षीय आकाश गुरूङ समेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३२ हजार ६ सय ८५ रूपियाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।

Published : Friday, 2026 August 21, 12:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया