कांग्रेस बचाउने तीनपुस्ता सशक्त देखियो, एउटा पुस्ता तितरबितर बन्यो : नेतृ सिंह

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले राष्ट्रिय भेलातर्फ संकेत गर्दै पार्टी बचाउन तीनपुस्ता नै बलियो देखिएको बताएकी छिन् ।

शनिबार सामाजिक सञ्जालमार्फत नेतृ सिंहले कांग्रेसलाई बचाउन तीनपुस्ता सशक्तरुपमा देखिएको बताएकी हुन् । उनले शेरबहादुर देउवा पक्षीय नेताहरूको राष्ट्रिय भेलातर्फ संकेत गर्दै सानेपामा रहेकाहरूले कांग्रेसलाई तितरबितर पारेको बताइन् ।

‘चारपुस्ते कांग्रेसमा…यसपालीको कांग्रेस भेला, चुनावको नतिजा र माहौल हेर्दा…एउटा पुस्ता तितरबितर (केही अपबाद बाहेक) । कांग्रेस बचाउने त तीनपुस्ता सशक्त देखियो ।’

‘अब पनि एकढिक्का भएर अगाडि बढ्न पहल भएन भने…१८ सिटबाट…कसैले आफूलाई बलियो नठाने हुन्छ । यहाँ कोही पनि कमजोर छैन,’ नेतृ सिंहले बताएकी छिन् ।

कांग्रेस नेतृ सिंहले भृकुटीमण्डप भेलाबाट पार्टी कब्जा अर्थात् हाइज्याक गर्ने समूहप्रति लक्षित गरेर पार्टीलाई मिलाउनेतर्फ लचक नदेखिने हो भने अर्को आउने चुनावमा पार्टी कब्जा गर्नेहरू १८ सिटबाट शून्यमा झर्न सक्नेतर्फ सचेत गराएकी हुन् ।

शेरबहादुर देउवा पक्षीय नेताहरूको राष्ट्रिय भेला सशक्त रुपमा नेपाली कांग्रेसलाई बचाउन सक्ने क्षमतामा देखिएको नेतृ सिंहले बताएकी हुन् ।

Published : Saturday, 2026 August 15, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया