कांग्रेस सभापति देउवालाई पूर्वमन्त्री मनाङ्गेद्वारा विमानस्थलमा स्वागत, निवासमै पुगेर भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि स्वदेश फर्किएकोमा गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङ्गे) विमानस्थल र निवासमा पुगेर भेट गरेका छन् ।

बिहीबार सभापति देउवालाई स्वागत गर्न आफ्ना समर्थकहरूसहित मनाङ्गे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । त्यसपछि मनाङ्गेले सभापति देउवालाई महाराजगञ्जस्थित निवासमा पुगेर भेट गरेका छन् ।

सभापति देउवा झण्डै ५ महिनाको उपचारपछि बिहीबार स्वदेश फर्किएका छन् । देउवालाई कांग्रेसका हजारौँ नेता तथा कार्यकर्ताले विमानस्थलमा भव्य स्वागत गरेका छन् ।

Published : Thursday, 2026 August 13, 7:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया