पत्रकार श्रेष्ठलाई पक्राउ र जनआस्थाको कार्यालयमा प्रहरी छापाको प्रेस काउन्सिलद्वारा विरोध
काठमाडौं । प्रेस काउन्सिल नेपालले आस्वा मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको तथा जनआस्थाको कार्यालयमा छापा मारेर सामग्री जफत गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार राति पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठको घर तथा कार्यालयमा छापा मारेर प्रहरीले बिहीबार सञ्चार उपकरणहरू जफत गरेको छ ।
प्रेस काउन्सिलले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर भनेको छ, ‘उहाँको निजी निवास खानतलासी भएको र आज बिहानै उक्त सञ्चार माध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘कुनै सञ्चारमाध्यम वा पत्रकारले व्यावसायिक आचारसंहिता उल्लंघन गरेको लागेमा काउन्सिलमा उजुरी गर्न सकिने व्यवस्था छ,’ प्रेस काउन्सिलले भनेको छ ।
प्रेस काउन्सिलले नागरिकको सूचनाको हक प्रेस स्वतन्त्रताबाटै सुनिश्चित हुने भन्दै प्रेसको मर्यादा कायम गर्नु सबैको कर्तव्य भएको उल्लेख गरेको छ ।
प्रेस स्वतन्त्रताको सदुपयोग गर्दै सत्य, तथ्य, सन्तुलित र विश्वसनीय पत्रकारिताको अभ्यास गर्न पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरबाट पक्राउ गरेको थियो । उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसूर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पत्रकार श्रेष्ठलाई प्रहरीद्वारा पक्राउ गरिएको विरोधमा पत्रकारहरूले प्रदर्शन गरेका छन् । उनीहरूले श्रेष्ठको रिहाइ माग गरेका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया