कांग्रेसको राष्ट्रिय भेला सफल बनाउन मोहन बस्नेत नेतृत्वको समिति जिम्मेवारी पूरा गर्न सक्रिय

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय सम्मेलनको तयारीमा जिम्मेवारीपूर्वक लाग्न निर्देशन दिएका छन् ।

नेता बस्नेत नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समिति अन्तर्गतको प्रशासन समन्वय समितिको संयोजक हुन् । नेता बस्नेतले साउन २९, ३० र ३१ गते काठमाडौंमा हुन लागेको कांग्रेसको राष्ट्रिय भेलाको तयारीमा लाग्न र व्यवस्थापनमा खटिन निर्देशन दिएको समितिका सदस्य रामकुमार थापाले जानकारी दिए ।

नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक प्रा.डा.शशांक कोइरालाको निर्देशनअनुसार कार्यसम्पादन गर्न नेता बस्नेत संयोजकत्वको समितिले आफ्ना सदस्यहरूमार्फत काम शुरु गरेको छ । नेता बस्नेतले समेत आफ्नो समितिलाई सक्रिय बनाउनुका साथै सदस्यहरूबाट भइरहेको कार्यसम्पादनको जानकारी लिएका छन् ।

Published : Wednesday, 2026 August 12, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया