गण्डकी कांग्रेसद्वारा सभापति देउवाको स्वागत र राष्ट्रिय भेलामा सहभागी हुन अपील
काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेशका नेताहरूले सभापति शेरबहादुर देउवाको स्वागत र राष्ट्रिय भेलाका विषयमा छलफल गरेका छन् ।
बुधबार बिहान काठमाडौंमा गण्डकी कांग्रेसका नेताहरूले सभापति देउवाको स्वागतका लागि साउन २८ गते साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला हुन आग्रह गरेका छन् । सभापति देउवालाई विमानस्थलमा स्वागत गरेर ल्याउनुपर्ने भन्दै नेताहरूले उपस्थितिका लागि आग्रह गरेका हुन् ।
नेपाली कांग्रेसको राष्ट्रिय भेलामा सहभागी हुन पनि गण्डकी कांग्रेसका नेताहरूले आग्रह गरेका छन् । उनीहरूले पार्टीको बृहत एकताका लागि साउन २९ गते उद्घाटन हुन लागेको राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेका छन् ।
सभापति देउवाले उद्घाटन गर्ने कांग्रेसको राष्ट्रिय भेला साउन २९, ३० र ३१ गतेसम्म चल्नेछ । भेलाको सभापतित्व संयोजक प्रा.डा.शशांक कोइरालाले गर्नेछन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया