ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर सरकार : कांग्रेस सांसद गुरुङ
काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरूङले सरकारसँग ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न माग गरेकी छिन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा गुरुङले ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेकी हुन् ।
उनले भनिन्, ‘ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न, कालोबजारी र कृत्रिम अभाव हो भने त्यसमा संलग्नलाई कारबाही गर्न तथा नागरिकलाई घण्टौं लाइनमा बस्नुपर्ने अवस्थाको तत्काल अन्त्य गर्न सभामुखज्यूमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’
सांसद गुरुङले नागरिकलाई भाषण र आश्वासन नभएर सहज सेवा चाहिएको बताइन् । ‘सरकारले भने झैं ग्यास पर्याप्त छभने नागरिक किन लाइनमा छन् ?,’ सांसद गुरुङले प्रश्न गरिन्, ‘आपूर्ति पर्याप्त छभने वितरण प्रणाली किन व्यवस्थित हुन सकेन ?’
उनले सरकारले केही समयअघि लाइन होइन, अब अनलाइन भन्ने नारा दिएको स्मरण गराएकी छिन् । सांसद गुरुङले ग्यासको लाइनदेखि राहदानी विभागको लाइनसम्मले सरकारको त्यही नारालाई गिज्याइरहेको बताएकी छिन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया