कांग्रेस सभापति देउवाको स्वागतका लागि विमानस्थलमा उपस्थित हुन नेविसंघको आह्वान
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किन लागेको भन्दै स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन अनुरोध गरेको छ ।
मंगलबार नेविसंघको केन्द्रीय कार्यालयका मुख्यसचिव विजय खड्काले निमन्त्रण पत्र जारी गरेर नेविसंघका जिल्ला अध्यक्षसहित देशभरिका नेता तथा कार्यकर्ताहरूलाई सभापति देउवाको स्वागतका लागि साउन २८ गते बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आग्रह गरेका छन् ।
सभापति देउवाको स्वागतका लागि नेविसंघले जिल्ला अध्यक्षहरूसहित नेपाल विद्यार्थी संघका सबै प्रदेश समिति, जिल्ला समितिहरू, विश्वविद्यालय समितिहरू, स्ववियु सभापतिहरू तथा पदाधिकारीहरू, क्याम्पस इकाई समितिहरू, सिटिइभिटी समितिहरू, प्राविधिक विद्यार्थी परिषद् नेपाल लगायत सबैलाई निमन्त्रणा गरिएको छ ।
‘नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यू उपचारपश्चात् स्वदेश फर्किनु हुने अवसरमा उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम आयोजना गरिएको छ । लोकतन्त्रका पहरेदारका रूपमा नेपाली कांग्रेसको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएका सम्माननीय नेता देउवाज्यूको स्वागतका लागि नेपाल विद्यार्थी संघका सम्पूर्ण साथीहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं,’ मुख्यसचिव खड्काले निमन्त्रणा पत्रमा भनेका छन् ।
नेविसंघले साउन २८ गते बिहीबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन भनेको छ ।

बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया