बन्दीपुरमा बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना, १५ याुत्र घाइते

लहान । सिराहामा बोलबम श्रद्धालु सवार ट्याक्टरको ट्रेलर पल्टिँदा १५ जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । आइतबार सिराहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित फूलकुमारी महतो स्कुलको गेटअगाडि उत्तरबाहिनीबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ जाँदै गरेको ज.१ त ४८०८ नम्बरको ट्याक्टरको ट्रेलरमा बोलबम श्रद्धालु भक्तजन सवार रहेका थिए ।

स्कुलको गेटअगाडिको उकालोमा ट्याक्टर आफैँ अनियन्त्रित भई ट्रेलरसहित पल्टिँदा उनीहरू घाइते भएका हुन् ।

दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोल बस्ने अन्दाजी १३ वर्षीय अनुराग मण्डलको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि फुलकुमारी महतो मेमोरियल अस्पताल, कर्जन्हा पठाइएको छ ।

ट्याक्टर इलाका प्रहरी कार्यालय बन्दीपुरको नियन्त्रणमा रहेको छ । फरार ट्याक्टर चालक धनुषाको जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोल बस्ने अन्दाजी ३५ वर्षीय रामबिहारी मण्डलको खोजतलास भइरहेको छ ।

दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोल बस्ने अन्दाजी बर्ष १३ का अनुराग मण्डल, सोही ठाउँका अन्दाजी बर्ष १७ का कृष्णा मण्डल, सोही ठाउँका अन्दाजी बर्ष ४० की गंगिया मण्डल, जनकपुर– १२ हनुमाननगर टोल बस्ने अन्दाजी बर्ष १८ का राहुल दाष, सोही ठाउँका अन्दाजी बर्ष १३ का प्रिनस दास, सोही ठाउँ बस्ने अन्दाजी बर्ष १८ का गोपाल यादव, जनकपुर– १५ रामपुर बस्ने अन्दाजी बर्ष ३३ की मोनाकुमारी मण्डल घाइते भएका छन् ।

जनकपुर– १५ बस्ने अन्दाजी बर्ष ५० कि चन्द्रकुमरी दास, सोही ठाउँ बस्ने अन्दाजी बर्ष ६० की रामदुलारी दास, सोही ठाउँ बस्ने अन्दाजी बर्ष ४४ की रामकुमारी दास, सोही ठाउँ बस्ने अन्दाजी बर्ष १७ का पंचा मण्डल, सोही ठाउँका अन्दाजी बर्ष १७ का आसिसकुमार यादव, सोही ठाउँका अन्दाजी बर्ष १२ का बिकी मण्डल, जनकपुर– १२ हनुमाननगर बस्ने अन्दाजी बर्ष १३ का कृष्णाकुमार यादव र जनकपुर– १५ रामपुर बस्ने बिनाकुमारी मण्डल घाइते भएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2026 August 10, 7:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया