नागढुङ्गाबाट स्रोत नखुलेको करीव ६० लाखसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ५९ लाख ९३ हजार ५ सय रूपियाँसहित चिनियाँ नागरिक गुंग याग समेत २ जनालाई पक्राउ गरेको छ ।

शनिबार साँझ प्रहरी प्रभाग, नागढुङ्गाबाट खटिएको प्रहरीले सप्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको ज.१ च १६६४ नम्बरको स्कारपियोलाई जाँच गर्दा उक्त नगद फेला पारेको विज्ञप्तिमार्फत जनाएको छ ।

स्कारपियोमा सवार उनीहरूलाई स्रोत नखुलेको रकमसहित प्रहरीले पक्राउ गरेको छ ।

Published : Sunday, 2026 August 9, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया