साउन २७ गते तरुण भेला, कांग्रेसको राष्ट्रिय भेला र देउवाको स्वागतको तयारीमा छलफल हुने
काठमाडौं । नेपाल तरुण दलले २८औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा तरुण भेलाको कार्यक्रम राखेको छ ।
साउन २७ गते बुधबार काठमडौंको चुनदेवीस्थित शेरबहादुर देउवा पक्षीय नेताहरूको सम्पर्क कार्यालयमा तरुण भेला हुनेछ । भेला दिउँसो १ बजे शुरु हुनेछ ।
तरुण नेता दिल लामाका अनुसार तरुण परिचालन समन्वय समितिले तरुण भेला राखिएको बताए । भेलामा सहभागी हुन तरुणहरूलाई आग्रह गरिएको छ ।
तरुण भेलालाई तरुण र कांग्रेसका नेताहरूले सम्बोधन गर्नेछन् । नेपाली कांग्रेसको राष्ट्रिय भेलाको तयारी र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किन लागेको तथा स्वागतको तयारीका विषयमा समेत भेलामा छलफल हुनेछ ।

Published : Saturday, 2026 August 8, 9:03 pm
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया