कांग्रेसभित्रको एकतालाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्छ : नेता निधि
जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
शनिबार जनकपुरमा धनुषा कांग्रेसद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले लोकतान्त्रिक मूल्यमान्यता र संविधान रक्षा तथा जनताको अधिकारको पक्षमा पार्टीका नेतृत्व जिम्मेवार र परिपक्व भूमिकामा उभिनुपर्ने बताए ।
उनले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउँदै अघि बढ्नुपर्ने बताएका छन् । निधिले पार्टीका नेता कार्यकर्ताबीचको एकता र सङ्गठनको सक्रियतामा निर्भर रहने भएकाले सबै मिलेर सङ्गठनलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
पार्टीभित्रको एकता, सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्धलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने उनले बताए ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया