ललितपुरको ग्वार्कोमा बस दुर्घटना, १ जनाको मृत्यु १८ यात्रु घाइते
काठमाडौं । ललितपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने १८ जना घाइते भएका छन् ।
बिहीबार बिहान ललितपुर महानगरपालिका–१७ ग्वार्को चोकस्थित सडकखण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीद्वारा प्रेस विज्ञप्तिमा उल्लेख छ । कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस एक्कासि फ्लाईओभरको भित्तामा ठोक्किएर अनियन्त्रित भई पल्टिँदा दोलखाको सैलुङ गाउँपालिका घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका बस्दै आएकी ४० वर्षीया जेनिशा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा अन्दाजी ३० यात्रु रहेका थिए ।
घाइते १८ जनालाई तत्काल उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पताल तथा ग्लोबल अस्पताल पठाइएको छ । घाइतेहरूको उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न बसका चालक काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई हाल भक्तपुरको मालपोत क्षेत्रमा बसोबास गर्दै आएका ३६ वर्षीय लक्षु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ललितपुरमा रामेछाप घर भई हाल भक्तपुरको सूर्यबिनायक बस्ने बर्ष २३ कि सुन्निमा योञ्जन, कञ्चनपुर घर भई हाल भक्तपुर बस्ने बर्ष २४ को तुल्सी धानुक, भक्तपुर घर भएकी बर्ष ४० कि कबिता कार्की, सिन्धुलीको मरिन गाउँपालिका वडा नं. ३ घर भई हाल भक्तपुर बस्ने बर्ष ३३ का धनकुमार ढोङ, भक्तपुर ठिमि न.पा. ६ घर भएकी बर्ष ३७ कि लक्ष्मी श्रेष्ठ, भक्तपुरको चागुनारायण नगरपालिका– ७ सरस्वतीखेल घर भएकी बर्ष २४ कि रशिला दुलालको उपचार भइरहेको छ ।
भक्तपुरको सरस्वतीखेल ६ बस्ने बर्ष ६० को कृष्णराम थापा (सह–चालक), काभ्रेको बनेपा १४ घर भई हाल भक्तपुरको सरस्वतीखेल बस्ने बर्ष ४१ कि अमृता कार्की, ललितपुरको महालक्ष्मी नगरपालिका– ५ घर भएकी बर्ष ४० कि कबिता के.सी.को बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
दोलखा घर भई भक्तपुरको सूर्यबिनायक बस्ने बर्ष २४ का बिबेक दाहाल, सिन्धुली घर भई भक्तपुरको सूर्यबिनायक बस्ने बर्ष १९ कि भगवती खत्री, भक्तपुरको मिलनचोक घर भएकी बर्ष ४७ कि चन्दानाथ सिंह, भक्तपुर घर भएकी बर्ष २८ कि जुनु शिल्पकार, ललितपुरको महालक्ष्मीस्थान बस्ने बर्ष ४९ कि तुल्सीदेवी खड्का, मोहत्तरी घर भई हाल भक्तपुरको गठ्ठाघर बस्ने बर्ष २१ कि अञ्जु साह, काठमाडौंको ठमेल घर भई सूर्यबिनायक बस्ने बर्ष २७ का आशुतोष श्रेष्ठ, सिन्धुपालचोक घर भई हाल ललितपुरको भैँसेपाटी बस्ने बर्ष ३६ कि स्तर देउजा, भारत घर भई हाल भक्तपुरको कौशलटार बस्ने बर्ष ४५ का मोहम्द समिमको ग्लोबल हस्पिटल, ललितपुरमा उपचार भइरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया