भीमफेदीमा तरकारी बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु
हेटौँडा । मकवानपुर जिल्लामा तरकारी बोकेको डिब्बा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बुधबार बिहान अन्दाजी २ बजेर ३० मिनटको समयमा भीमफेदी गाउँपालिका वडा नं. २ तिलटारस्थित त्रिभुवन राजमार्गमा ट्रक दुर्घटना भएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मकवानपुरको पालुङतर्फबाट बीरगञ्जका लागि तरकारी लोड लिएर आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक बर्षा र हुस्सुको कारण ओरालो बाटोमा चिप्लिएर अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल चण्डी खोलामा खसेर दुर्घटना भएको छ ।
दुर्घटनामा ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ९ बस्ने बर्ष २३ को रंजित कार्कीको दायाँ खुट्टा फ्याक्चर हुनुका साथै शरीरको बिभिन्न भागमा चोट लागेर घाइते भएका छन् । ट्रकमा सवार चालकको काका नाता पर्ने सोही ठाउँ बस्ने अन्दाजी बर्ष ३६ का अर्जुन कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्जुन कार्कीको टाउका र शरीरका बिभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले उद्धार गरेर अस्पताल पु¥याएको थियो ।
गम्भीर घाइते चालक रञ्जित कार्की र अर्जुन कार्कीलाई उद्धार गरी उपचारको लागि पठाइएको भए पनि अर्जुन कार्कीलाई हेटौँडा अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरी भनाइ छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया