अख्तियारको स्टिङ अप्रेशनमा अधिकृत घुसको रकमसहित काठमाडौंमा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अप्रेशन गरेर नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बीरेन्द्र तामाङलाई घुस, रिसवतको रकमसहित पक्राउ गरेको छ ।
तामाङले भुक्तानी रकमको कमिसनमा बार्गेनिङ गर्दै पटक पटक दुःख दिई घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले स्टिङ अप्रेशन गरेको थियो ।
सोमबार अख्तियारको टोलीले अधिकृति तामाङलाई सेवाग्राहीबाट घुसको १ लाख रुपियाँ लिइसकेको अवस्थामा रकमसहित काठमाडौं महानगरपालिका वडा नं. १६, बालाजुबाट नियन्त्रणमा लिएको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नियन्त्रणमा लिइएका अधिकृत तामाङलाई विशेष अदालतको आदेशबाट घुस, रिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया