सीआईबीद्वारा काठमाडौं र भक्तपुरबाट भीओआईपीको गिरोह पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं र भक्तपुरका विभिन्नस्थानबाट अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालनमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोरखाका प्रोशेस गुरुङ, काठमाडौंकी मुना श्रेष्ठ, कञ्चनपुरका जेनित झुकाल र भक्तपुरका कृष्ण नगरकोटी रहेको आइतबार सीआईबीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूलाई भीओआईपी सञ्चालनका लागि प्रयोग हुने उपकरण र त्यससँग सम्बन्धित सामग्रीसहित पक्राउ गरिएको सीआईबीका प्रवक्ता समेत रहेका एसएसपी अनुपमशम्शेर जबराले जानकारी दिएका छन् ।
प्रारम्भीक अनुसन्धानका क्रममा उनीहरूको संलग्नता बेटिङ एप्स ‘एनपीआर ७७ क्यासिनो डटकम’, ‘आईएमई ८८ डटकम’ र ‘खल्ती १८८ डटकम’मा समेत रहेको खुलेको छ ।
उनीहरूको साथबाट ३७५ थान सिम बक्स (भीओआईपी) डिभाइस, १७ थान ल्यापटप, ६ थान ब्याट्री, ४ थान इन्टरनेट हब, ४ थान यूपीएस, ६२ थान मोबाइल फोन, ७९५ थान एनसेल सिमकार्ड तथा अन्य उपकरण बरामद गरिएको सीआईबीले जनाएको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया