नगदसहित जुवा तास खेल्ने काभ्रेलीहरूको समूह पक्राउ
बनेपा । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जुवा तास खेल्ने र खेलाउने ७ जनाको समूहलाई पक्राउ गरेको छ ।
आइतबार प्रहरी नायब उपरीक्षक रविन विष्टद्वारा जारी प्रेस विज्ञप्तिअनुसार बनेपा नगरपालिका वडा नं. ६ बुडोलडाँडास्थित हाइवे सेकुवा कर्नर तथा थकाली रेष्टुरेन्टमा प्रहरीले छापामारेर सात जनालाई पक्राउ गरेको उल्लेख छ ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं.६ बुडोलडाँडामा रहेको हाइवे सेकुवा कर्नर तथा थकाली रेष्टुरेन्टमा प्रहरीले शनिबार छापामारेको थियो ।
रेष्टुरेन्टमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, बनेपाबाट खटिएको प्रहरी टोलीले तास खेल्ने ६ जना र तास खेलाउने होटेल साहु १ जना गरी ७ जनालाई पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उनीहरूको साथबाट प्रहरीले ताससहित नगद ९० हजार ३ सय ४५ रुपियाँ बरामद गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं.९ घर भई हाल काभ्रेको बनेपा नगरपालिका वडा नं.६ बुडोलडाँडामा हाइवे सेकुवा कर्नर तथा थकाली रेष्टुरेन्ट सञ्चालन गर्दै आएका संचालक वर्ष २४ को सन्तोष तिमिल्सिना रहेका छन् । तिमिल्सिनाले नै जुवा तास खेलाउने गरेको प्रहरीको भनाइ छ ।
काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका वडा नं.२ चुखा बस्ने वर्ष ३० को पासाङ तामाङ, तिमाल– २ चुखा बस्ने वर्ष २७ को कुनसाङ तामाङ, तिमाल– १ खानीगाँउ बस्ने वर्ष २७ को रुपेश राना मगर, तिमाल– १ बस्ने वर्ष ३६ को कुलबहादुर मगर, तिमाल– १ लामागँउ बस्ने वर्ष २० को सुजन नेपाली र तिमाल– १ गौरीगाउ बस्ने वर्ष ४० को धनबहादुर धिताल रहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया