रुपन्देहीको मुक्ति होटलमा प्रहरी छापा, भिओआइपी संचालन गर्ने व्यक्ति पक्राउ
बुटवल । रुपन्देही जिल्लामा अवैध रूपमा भिओआइपी संचालन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
अवैध रूपमा भिओआइपी संचालन गरेको अभियोगमा गोरखाको चुमनुव्री गाउँपालिका–४ बस्ने ६२ वर्षीय छिरिङ गुरुङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, रूपन्देही र इलाका प्रहरी कार्यालय, बेलहियाबाट खटिएको प्रहरीले गुरुङलाई सिद्धार्थनगर नगरपालिका–१ स्थित न्यू मुक्ति होटल एण्ड रेष्टुरेन्टबाट भिओआइपी संचालन गर्न प्रयोग गरिएको विभिन्न सरसामानसहित पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङविरुद्ध दुरसंचार ऐन, २०५३ अन्तर्गतको कसूरमा जिल्ला अदालत, रूपन्देहीबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया