जुवातास खेलिरहेको अवस्थामा प्रहरीद्वारा १९ जनालाई पक्राउ
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंसहितका जिल्लाबाट प्रहरीले १९ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ किसिपिडी बस्ने २८ वर्षीया रूपा लम्सालको घरमा जुवातास खेलिरहेको अवस्थामा रूपा समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार १ सय २० रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
उता, बैतडीको मेलौली नगरपालिका–६ लामालेकस्थित सोही नगरपालिका–१ बस्ने ५५ वर्षीय सुरेशसिंह नायकले संचालन गरेको मेलौली होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ८ सय ५५ रूपियाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया