गगनले गणेशको परिवारलाई तत्काल सहयोग गरेनन्, आलोचनाबाट बच्न एक लाख दिए
काठमाडौं । भृकुटीमण्डपको कथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेस हाइज्याक गरेर आफूलाई सर्वसम्मत सभापति घोषणा गरेर कानूनी मान्यता पाएका गगनकुमार थापाले आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई एक लाख रुपियाँ आर्थिक सहयोग गरेका छन् ।
थापाले शुक्रबार नेपालीको परिवारलाई एक लाख रुपियाँ सहयोग गरेका हुन् । नेपालीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । तत्कालै नेपालीको परिवारलाई सरकारसहित विभिन्न पक्षबाट आर्थिक सहयोग भएको थियो । नेपालीको परिवारलाई तत्काल सहयोग गर्ने विषयमा थापाले कुनै चासो दिएनन् । अहिले आएर बल्ल थापाले नेपालीको परिवारलाई १ लाख रुपियाँ दिएका छन् ।
थापाले आर्थिक सहयोग गर्नु नै थियो भने नेपालीको परिवारलाई अलिक धेरै आर्थिक सहयोग गरेको भए त्यसले विशेष अर्थ राख्ने थियो ।
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा गत असारमा वीर अस्पतालमा मृत्यु भएको थियो ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया