कानून विपरीत सञ्चालित सिन्धुपाल्चोकका दई निजी र एक स्वास्थ्य क्लिनिकमा सिल
चौतारा । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले मापदण्डविपरीत सञ्चालित भएका दुई निजी अस्पताल र एक स्वास्थ्य क्लिनिकलाई सिल गरिदिएको छ ।
संयुक्त अनुगमन टोलीले सुनकोशी गाउँपालिकास्थित सिन्धु सदाबहार अस्पताल, बाह्रबिसे नगरपालिकास्थित किस्टोन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. तथा बलेफी गाउँपालिकास्थित पराजुली हेल्थ केयर प्रा.लि. सिल गरेको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।
जनस्वास्थ्य सेवा ऐन, २०७५ र बागमती प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ (दोस्रो संशोधन, २०८१) बमोजिम कानूनी कारबाहीका लागि ती स्वास्थ्य संस्था सिलबन्दी गरिएको छ ।
ती स्वास्थ्य संस्था प्रचलित कानूनअनुसार आवश्यक अनुमति नलिई सञ्चालन भएको, लामो समयदेखि दर्ता तथा नवीकरण नगरेको, आवश्यक मापदण्ड पूरा नगरेको तथा सम्बन्धित निकायको निर्देशनसमेत पालना नगरेको पाइएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
इजाजतबिना प्रयोगशाला (ल्याब) तथा एक्स–रे सेवा सञ्चालन गरेको समेत भेटिएको छ । संयुक्त अनुगमन टोलीले ती स्वास्थ्य संस्थालाई दुई पटकसम्म दर्ता नवीकरण गरी कानूनी प्रक्रियामा आउन पत्राचार र निर्देशन दिएको भए पनि अटेर गरेपछि सिल गरिएको प्रशासनले जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया