रास्वपाका सांसदलाई मसी प्रहार
गौर । रौटहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पौडेललाई मसी प्रहार भएको छ । रौतहटको गढीमाई नगरपालिकाका स्थानीयवासीले सांसद पौडेललाई मसी प्रहार गरेका हुन् ।
बिहीबार राति जनतासँग भेटघाट गर्ने क्रममा त्यहाँका स्थानीय युवाले सांसद पौडेलमाथि पछाडिबाट मसी प्रहार गरेका हुन् । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को गढीमाई वडा नम्बर ४ मा आयोजित कार्यक्रममा सहभागी भएर फर्किने बेला मधेसी मुक्ति अभियानका कार्यकर्ताहरूले नारा लगाउँदै सांसद पौडेलमाथि कालोमसी फ्यालेका थिए । सांसद पौडेलले समेत घटनाको पुष्टि गरेका छन् ।
आक्रमणकारीहरू कालोमोसो फ्यालेर उखुबारीतिर भागेका छन् । मधेसी मुक्ति अभियानका कार्यकर्ताहरूले झन्डासहित त्यहाँ नारा पनि लगाएका थिए । उनीहरूले त्यहाँ पर्चा पनि फ्यालेका छन् ।
सांसद पौडेलका अनुसार उनीहरूले मेचीदेखि महाकालीसम्मको भू–भाग मधेसको हो भनी नारा लगाएका थिए ।
साँझ कबरदाह (मुस्लिमहरूको शव गाड्ने ठाउँ) हेर्न जान उनीहरूले आफूलाई आग्रह गरेको उनले बताए । उनीहरूको आग्रहपछि सांसद पौडेलले अहिले ढिलो भयो अर्को दिन जाउला भनेर टारेका थिए । पछि उनीहरू नै नारा लगाएर आएको जस्तो आफूलाई लागेको सांसद पौडेलले बताए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया