करेन्ट लागेर सशस्त्र प्रहरी जवान खत्रीको मृत्यु

दमक । सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी जवान सुदीम खत्रीको करेन्ट लागेर मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित नम्बर ३८ रिजर्भ गणमा कार्यरत सशस्त्र प्रहरी जवान खत्रीको करेन्ट लागेर मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर बिहीबार सशस्त्र प्रहरी जवान खत्रीको मृत्यु भएको जानकारी दिए ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३० वर्षीय खत्रीलाई बिहीबार साँझ करिब ५ बजे गणभित्र विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Published : Friday, 2026 July 24, 12:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया