रास्वपाका सभापति लामिछाने चीन भ्रमणमा जाने, गृहकार्य शुरु
काठमाडौं । झण्डै दुईतिहाइको बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने तयारीमा लागेका छन् ।
सभापति लामिछाने अगस्ट तेस्रो साता बेइजिङ जानेगरी तयारी भइरहेको सचिवालयले जनाएको छ । लामिछानेको चीन भ्रमणको मिति ठ्याक्कै तय भइसकेको छैन ।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लगायतसँग भेट हुनेगरी कार्यतालिका बनिरहेको छ ।
भ्रमणका क्रममा द्विपक्षीय हित, आपसी सम्बन्ध र विकास परियोजनामा साझेदारीका विषयमा छलफल हुनेछ ।
यसअघि भारतको भ्रमण गरेका सभापति लामिछाने यसपटक उत्तरी छिमेकी चीन जान लागेका हुन् । परराष्ट्रमन्त्री शिशिर खनालले चीनको उपलब्धीमूलक भ्रमण गरिसकेका छन् । रास्वपा सभापति लामिछानेलाई चीनले भ्रमणको निम्तो दिएको थियो ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया