खर्च कटौती र सुशासनका लागि बागमतीमा मन्त्रालयको संख्या घटाएँ : मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाएर ८ कायम गरेको बताएका छन् ।

हेटौंडा–६ मा रहेको वीपी गणेशमान स्मृति शान्ति पार्क (पिसपार्क) उद्घाटन गर्दै उनले आफू मुख्यमन्त्री भएदेखि आर्थिक मितव्ययिता र सुशासनको पक्षमा काम गरिरहेको बताए । यसकै परिणाम स्वरूप अहिले प्रदेशमा मन्त्रालयको संख्या घटाएको बानियाँले बताए ।

विगतमा १७ जनासम्म मन्त्री रहेको बागमती प्रदेशमा मन्त्रालय घटाएर ८ मा झारेको बानियाँले बताए । उनले प्रदेशमा संगठन तथा व्यवस्थापन संरचना छिटै टुंगो लगाएर मन्त्रालय अनुसार नै मन्त्रीको संख्या कायम हुने बताएका छन् ।

हाल केही मन्त्रीहरूलाई विषयगत क्षेत्रको जिम्मेवारी दिएको भए पनि छिट्टै कार्यविभाजन टुंगिने मुख्यमन्त्री बानियाँले बताए ।

उनले पछिल्लो समय सामाजिक सञ्जालमा नकारात्मकता र गालीगलौजको संस्कृति बढेको र मोबाइल हेरेर ठिक÷बेठिक नछुट्याई नकारात्मक टिप्पणी गर्ने प्रवृतिले देश विकासमा बाधा पु¥याउने बताए । उनले प्रदेश सरकार रहेकै कारण स्थानीय तहसम्म विकास पुगेको बताउँदै यसबारे सकारात्मक सन्देश प्रवाह गर्न प्रदेशबासीसंग आग्रह गरेका छन् ।

उनले प्रदेश सरकारले विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, गरिव परिवारलाई एक हजार घर बनाउने जस्ता काम गरिरहेको बताए ।

Published : Thursday, 2026 July 23, 2:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया