गृहमन्त्री गुरुङको धम्कीपूर्ण अभिव्यक्तिको पूर्वअर्थमन्त्री खनालद्वारा विरोध, सत्ताको संयमता नगुमाउन चेतावनी
काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले गृहमन्त्री सुधन गुरुङतर्फ लक्षित गरेर केही मन्त्रीहरू नै उत्तेजना फैलाउन र सत्तापक्षको जिम्मेवारी भुलेकोमा आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत शनिबार पूर्वअर्थमन्त्री खनालले गृहमन्त्री गुरुङले संसदमा दिएको अभिव्यक्तिको आलोचना गरेका छन् । गृहमन्त्री गुरुङमा विनयशीलता नदेखिएको खनालले नाम नलिएरै सांकेतिक रुपमा जनाएका छन् ।
पूर्वअर्थमन्त्री खनालले भनेका छन्, ‘जे भैरहेको छ, सबै ठीक भएको छैन । उनीहरू खराब थिए, यी पनि खराबै रहेछन्, कुनै पार्टी ठीक छैनन् भन्ने मत बढ्दै जानु कदापि राम्रो होइन ।’
‘स्थिति सुधार्ने प्राथमिक दायित्व सत्ताकै हो,’ पूर्वअर्थमन्त्री खनाले भने, ‘तर केही मन्त्रीमा विनयशीलता फिटिक्कै देखिएन ।’
गणेश नेपालीको आत्मदाहपछि निधन भएपछि उत्पन्न परिस्थितिका विषयमा सरकारविरुद्ध गम्भीर प्रश्न उठेपछि गृहमन्त्री गुरुङले शुक्रबार संसदमा समय लिएर सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले विपक्षी दलहरू नेपाली कांग्रेस, एमाले र नेकपातर्फ लक्षित गर्दै आफ्नो भडास पोखेका थिए । गणेश नेपालीले आत्मदाह गर्ने अवस्था पुराना राजनीतिक दलहरूका कारण भएको भनेर परिस्थितिलाई झन् उत्तेजित बनाउने कार्य गरेका थिए ।
गृहमन्त्री गुरुङले सत्तापक्ष अर्थात् सरकारको दायित्व के हो भन्ने जिम्मेवारीलाई भुलेर विपक्षी दलहरूलाई धम्की दिएका थिए । गुरुङको धम्कीको भाषाको आलोचना भइरहेका बेला पूर्वअर्थमन्त्री खनालले समेत विरोध जनाएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया