उपचारपछि साउन अन्तिम साता देउवा दम्पत्ति स्वदेश फर्किने, उत्साहित बने लाखौँ समर्थकहरू
काठमाडौं । उपचाररत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू साउन २८ गतेभित्र नेपाल फर्किने जनाएका छन् ।
पूर्वप्रधानमन्त्री देउवाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्र पठाएर आफू साउनको अन्तिम साता नेपाल आउन लागेको जनाएका छन् ।
देउवा दम्पत्ति उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका हुन् । उनीहरू हाल कहाँ छन् केही भनिएको छैन । देउवा दम्पत्ति स्वदेश फर्किन लागेको सूचना सम्प्रेषण हुनेवित्तिकै लाखौँ समर्थक खुसी भएका छन् ।
विभागलाई इमेलमार्फत पत्राचार गर्दै देउवा र उनकी पत्नी डा.आरजु राणाले साउन २८ गतेभित्र फर्किने जानकारी गराएको विभाग निकट स्रोतले जनाएको छ ।
देउवा दम्पत्तिले पत्रमा २ महिनाभित्र नेपाल फर्किएर अनुसन्धानमा सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन् । पत्रमा स्वास्थ्य उपचारका क्रममा बाहिर रहेको भन्दै आफूहरूलाई देश छाडेर भागेको, अनुसन्धानमा उपस्थित नभएको भन्ने जस्ता भाष्य सिर्जना गरी पक्राउ पुर्जी जारी गर्ने तथा नेपाल प्रवेश गर्न कठिनाइ हुने अवस्था नबनाइयोस् भन्ने अनुरोध समेत गरेका छन् ।
पूर्वप्रधानमन्त्री देउवा र पूर्वमन्त्री डा.राणा उपचारका लागि फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनभन्दा एक महिना अगाडि उपचारका लागि भन्दै सिङ्गापुर प्रस्थान गरेका थिए ।
भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला भदौ २४ गते आपराधिक समूह बुढानिलकण्ठस्थित निवासमा प्रवेश गरेर देउवा दम्पत्तिमाथि सांघातिक आक्रमण गरेर हत्याको प्रयास गरेको थियो । सांघातिक आक्रमणबाट बाँचेका देउवा दम्पत्तिविरुद्ध विभिन्न पक्षबाट मिडिया ट्रायल हुनुका साथै विभिन्न बहानामा दुःख दिने कार्यहरू भइरहेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया