कांग्रेस नेता सिटौला र विश्वप्रकाशबीच भेट

काठमाडौं । सामाजिक कार्यमा सहभागी हुने क्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग विशवप्रकाश शर्माले भेट गरेका छन् ।

मंगलबार झापामा सिटौला र शर्माबीच भेट भएको हो । नेता सिटौला पारिवारिक शोकमा छन् । सिटौलाका काकाको निधन भएपछि शर्मामा समवेदना प्रकट गर्न पुगेका थिए । सोही क्रममा उनीहरूका बीच भेट भएको छ ।

नेपाली कांग्रेस, झापाका सचिव कृष्ण हुमागाईंले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज (मंगलबार) पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पार्टी उपसभापति विश्वप्रकाश शर्मा दुवै नेताका बीच झापामा वान टु वान वार्ता भएको छ ।’

भृकुटीमण्डप भेलालाई कथित विशेष महाधिवेशन भनेर गगन थापा र विश्वप्रकाश शर्मा समूहले नेपाली कांग्रेसलाई हाइज्याक गरेका छन् । कांग्रेस हाइज्याक गरेर गगन सभापति र विश्वप्रकाश उपसभापति बनेका छन् ।

गगनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता दिएको छ । त्यसपछि गगन–विश्वप्रकाश समूहले शेरबहादुर देउवा र डा.शेखर कोइराला समूहलाई पेलानमा पारेर कांग्रेसबाट हटाउन खोजेका छन् ।

Published : Tuesday, 2026 June 16, 4:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया