झापामा एमालेबाट निर्वाचित मेयर सुवेदीलाई कुटपिट, सिटौला पक्राउ
दमक । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीलाई मादक पदार्थ सेवन गरेका व्यक्तिले कुटपिट गरेर घाइते बनाएका छन् ।
गौरादह नगरपालिका वडा नं. ५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मादक पदार्थ सेवन गरेर मेयर सुवेदीलाई कुटपिट गरेका हुन् । मेयर सुवेदीलाई घरमै पुगेर सिटौलाले गालीगलौज गर्दै हातपात गरेको प्रहरीले जनाएको छ ।
मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला जापान बसेर आएको खुलेको छ । मेयर सुवेदीका अनुसार सिटौला घरमै आएर विवाद गरेका थिए । विवादका क्रममा आफूमाथि हातपात गरेको सुवेदीले बताए । उनले एक्कासि घरमा आएर आफूसँग विवाद गरेको बताए ।
सुवेदी एमालेबाट गौरादह नगरपालिकाको मेयरमा विजयी भएका हुन् । प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमान्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया