मतदानका लागि निर्वाचन आयोगद्वारा ३ दिन बिदा दिन सिफारिस
काठमाडौं । निर्वाचन आयोगले मतदानमा जनसहभागिता उत्साहजनक बनाउन भन्दै तीन दिन सार्वजनिक बिदाका लागि सरकारलाई सिफारिस गरेको छ ।
निर्वाचनमा जनताको उत्साह र उल्लेख्य सहभागिता होस् भनेर फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरिएको आयोगले जनाएको छ ।
फागुन २३ गते शनिबार पर्छ । सरकारले आयोगको सिफारिस कार्यान्वयन गरे तराईमा लगातार पाँच दिन बिदा हुनेछ । पहाडमा चार दिन बिदा हुनेछ ।
फागुन १८ गते पहाडी क्षेत्रमा फागुपूर्णिमाको बिदा छ । तराई मधेशमा १९ गते होलीको बिदा छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावले मुलुकलाई लयमा फर्काउने बताउँदै तोकिएकै समयमा निर्वाचन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।
Published : Sunday, 2026 February 22, 8:50 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया