दाङ ३ मा दीपक गिरीद्वारा मतदाताहरूसँग भेट, देश बचाउन कांग्रेसलाई जिताउन आग्रह
तुलसीपुर । नेपाली कांग्रेसका नेता एवम् दाङ क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीले मतदाताहरूसँग मत माग्दै घरदैलो कार्यक्रम गरेका छन् ।
शनिबार दाङ ३ का विभिन्न गाउँ र टोलीहरूमा पुगेर नेता गिरीले मतदाताहरूसँग कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न अनुरोध गरेका छन् । उनले आफू सांसद र मन्त्री भएका बेला दाङ ३ मा गरेका कामहरूका बारेमा पनि मतदाताहरूलाई स्मरण गराएका छन् ।
मतदाताहरूले पनि विकास गर्न बाँकी कामहरूका बारेमा नेता गिरीसँग आग्रह गरेका छन् । उनीहरूले गिरीसँग ठूलो अपेक्षा राखेको बताएका छन् ।
नेता गिरीले मुलुक अहिले कठिनको अवस्थामा रहेकोले कांग्रेसलाई जनताको साथ आवश्यक रहेको बताएका छन् । कांग्रेसले मुलुकलाई बचाउँदै आएको र फेरि पनि कांग्रेसले जनताको साथ लिएर देशलाई निकास दिने बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया