रवि–बालेन देश दौडाहामा रहेका बेला रास्वपा नुवाकोटका नेता थापाद्वारा पार्टी परित्याग
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत रास्वपा परित्याग गरेको जनाएका हुन् । थापाले पार्टी विचार र सिद्धान्तबाट विचलित हुँदै गएको तथा नेतृत्व नीतिभन्दा आशीर्वादका आधारमा चयन हुन थालेको आरोप लगाएका छन् ।
संगठन निर्माणमा सक्रिय कार्यकर्तालाई पाखा लगाउँदै पार्टी अलोकतान्त्रिक बन्दै गएको अवस्थामा बसिरहनु उचित नदेखिएको उनले उल्लेख गरेका छन् ।
२०७९ सालको निर्वाचनदेखि रास्वपा नुवाकोटका जिल्ला सदस्य तथा बिदुर नगर इन्चार्जका रूपमा सक्रिय थापा सोही वर्ष नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार रहेका सुमनबिक्रम पाण्डे निकट मानिन्थे ।
सहकारी ठगीका अभियुक्त रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) देश दौडाहामा रहेका बेला नुवाकोटका रास्वपाका नेता थापाले पार्टी छाडेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया