राष्ट्रिय सहमति गरेर मात्र निर्वाचनमा जान उपयुक्त हुन्छ : पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकका विधमान समस्या समाधान गरेर मात्र निर्वाचनमा जान उपयुक्त हुने बताएका छन् ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति नहुने प्रतिवद्धतासहित राष्ट्रिय सहमति गरेर मात्र निर्वाचनमा जान उपयुक्त हुने बताए ।
उनले निर्वाचन प्रक्रियाबाट अधिकार खोज्ने अभ्यास सामान्य भए पनि अहिलेको अवस्था सामान्य नभएको बताए ।
वर्तमान अवस्थामा अधिकार मात्र खोज्ने तर, कर्तव्य नसोच्ने प्रवृत्ति मौलाइरहेकाले सबै मिलेर काम गर्नुपर्ने बेला आएको पूर्वराजा शाहले बताए ।
प्रजातन्त्रमा जनता आफैं जागरूक बनेर राष्ट्रसेवाको सेवामा अग्रसर हुन पाउनुपर्ने अधिकार भए पनि कसैलाई खुसी पार्न अरूले तोक्ने बाध्यात्मक व्यवस्था उपयुक्त नभएको शाहले बताए ।
उनले देशको भू–बनोट तथा समाजको प्रकृति सुहाउँदो व्यवस्था र प्रणालीले मात्र दिगो हुने बताएका छन् ।
उनले विगतका आन्दोलन र संघर्षको आडमा परिवर्तन भए पनि सबै नागरिकले के पाए भन्ने समीक्षा गर्ने बेला आएको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया